Loading...
Logo
Image

शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनका मुद्दामा सामूहिक पहलका लागि पूर्वराष्ट्रपतिको आह्वान

पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीले जनताका साझा समस्याहरूप्रति सबै दल र नागरिक गम्भीर बन्नुपर्ने बताएकी छन् ।

कोशी प्रदेशका शैक्षिक संस्थाहरूले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा सहभागी हुन सुनसरी पुगेकी भण्डारीले नेपालमा प्रतिभाहरूको खानी रहेको उल्लेख गरिन् ।

इटहरीस्थित जनता उच्च माध्यमिक विधालयको ६८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रम र स्थानीय समुदायले आयोजना गरेको अन्तर्क्रियालाई सम्बोधन गर्दै भण्डारीले आफ्नो ध्यान शिक्षा, रोजगारी, स्वास्थ्य र जलवायु परिवर्तनले निम्त्याएका समस्याहरूमा केन्द्रित रहेको बताइन् ।

शिक्षा प्रणालीले प्रतिभाहरूलाई देशभित्रै सेवा गर्न प्रेरित गर्न नितिगत पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ । देशमा उत्पादित जनशक्ति देशभित्रै रहन सक्ने वातावरण सिर्जना हुनुपर्ने उनको भनाइ छ । शिक्षा र राजनीति एक अर्काका परिपुरक रहेकोले राजनैतिक सोच र नेतृत्वले शिक्षाको पुनर्संरचनामा यथेष्ट ध्यान दिनुपर्ने उनको भनाइ छ ।

Comments

KATHMANDU WEATHER