Loading...
Logo
Image

राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीविरुद्धको मुद्दा दर्ता भएर बयान पनि सुरु भएको विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीले जानकारी दिए ।

अख्तियारले उनीमाथि ३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको हो । मुद्दाको साथमा अदालतमा पेस भएका उनीविरुद्धको बयान सुरु भइसकेको छ ।

Comments

KATHMANDU WEATHER