Loading...
Logo
Image

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा  ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेस हुँदै छ ।

बिहान ११ बजे हुने बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिए ।

यही माघ १८ देखि सुरु भएको प्रदेशसभा बैठकको पहिलो दिन नै ती विधेयक सदनमा पेस गर्ने योजना रहेकामा विपक्षी दलको सहमति नहुँदा तिनलाई प्रदेशसभा कार्यसूचीबाट हटाइएको थियो ।

Comments

KATHMANDU WEATHER