Loading...
Logo
Image

त्रिकोणात्मक महिला टी- २० सिरिज, नेदरल्यान्ड्सविरुद्ध मैदानमा उत्रँदै नेपाल

नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी- २० सिरिजअन्तर्गत आज नेपाल र नेदरल्यान्ड्सबीचको खेल हुँदै छ ।

दिउँसो सवा १२ बजे टीयू क्रिकेट मैदानमा सुरु हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ । यसअघि नेपालले नेदरल्यान्ड्ससँग दुई र थाइल्यान्डसँग दुई खेलमा पराजय व्यहोरिसकेको छ ।

आज नेपालले नेदरल्यान्ड्ससँग तेस्रो खेल खेल्न लागेको हो । त्यस्तै नेपालले आफ्नो अर्को खेल थाइल्यान्डसँग शुक्रबार खेल्नेछ ।

Comments

KATHMANDU WEATHER