Loading...
Logo
Image

विदेशमा नेपाली श्रमिकका लागि नयाँ ‘स्मार्ट’ सुविधा

नेपाली राजदूतावास, ओमानले विदेशी भूमिमा पहिलोपटक ओमानको सलालामा वैधानिकीकरण श्रम स्वीकृति प्रदान गरेको छ ।  ३१ जनवरीमा आयोजित यस कार्यक्रमले नेपाली श्रमिकहरूलाई सहज र द्रुत तरिकाले वैधानिक काम गर्ने अधिकार पाएका छन् । 

कार्यक्रमको क्रममा नेपाली श्रमिकहरूले प्रत्यक्ष संवाद, श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषका बारेमा जानकारी पाएका थिए र पासपोर्ट कन्सुलर सेवासहितका अन्य कामकाजहरूमा पनि सहयोग प्राप्त गरे।

यस नयाँ ‘स्मार्ट’ श्रम स्वीकृति सुविधाले विदेशमा कार्यरत नेपालीहरूलाई थप सहज, पारदर्शी र दिगो सुविधा प्रदान गर्ने लक्ष्य राखेको छ। नेपाली राजदूतावासले भविष्यमा समेत श्रमिकहरूको हकहित र सुरक्षाका लागि निरन्तर काम गर्ने प्रतिवद्धता जनाएको छ।

Comments

KATHMANDU WEATHER