- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ ।
पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेलले पाएका छन् ।
सङगठन विभाग प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाएका छन् । यो विभागके उपप्रमुखमा रामचन्द्र यादव रहेका छन् ।
विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई रहेका छन् ।
सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments