Loading...
Logo
Image

यूएसएडले विश्वव्यापी कर्मचारीहरूलाई बिदामा राख्यो

अमेरिकी सरकारको विशाल मानवीय सहायता निकाय यूएसएआईडी (यूएसएड) ले आफ्ना विदेशी पोस्टिङबाट कर्मचारीहरूलाई फिर्ता बोलाउने क्रममा अमेरिका र विश्वभरका आफ्ना कर्मचारीहरूलाई प्रशासनिक बिदामा राख्ने घोषणा गरेको छ ।

यूएसएडले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिमा कर्मचारी बिदा फेब्रुअरी ७ को मध्यरातअघि सुरु हुने जनाएको छ । निकायको वेबसाइट सप्ताहन्तमा बन्द भएपछि मङ्गलबार पुनः देखापरेको थियो ।

प्रशासनिक बिदाले‘मिसन–क्रिटिकल कार्यहरू, मुख्य नेतृत्व र विशेष रूपमा तोकिएका कार्यक्रमहरूका लागि जिम्मेवार तोकिएका कर्मचारीहरूबाहेक सबै यूएसएडबाट प्रत्यक्ष नियुक्त कर्मचारीहरूलाई प्रभावित गर्नेछ । 'तपाईंलाई सेवाका लागि धन्यवाद', विज्ञप्तिमा उल्लेख छ ।

Comments

KATHMANDU WEATHER