- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पर्कमा नआए फेसबुक पनि नेपालमा बन्द गर्ने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा मनपरी लेख्ने र मनपरी गर्ने प्रवृत्ति बढेपछि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरेको उनले बताएका छन् ।
उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अराजकतालाई स्वीकार्य नहुने र सरकार जनताको सुसूचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सचेत रहेको बताए । उनले कुनै पनि सामाजिक सञ्जाल सरकारमा दर्ता नभए प्रतिबध लगाउने चेतावनी दिए ।
अहिले दर्ता भएर, प्वाइन्ट अफ कनट्र्याक्ट तोकेर बसेको आज टिकटकमात्रै छ । मेटा, गुगल, माइक्रोसफ्टलगायत डिजिटल प्लेटफर्महरू सरकारमा दर्ता भएर मात्रै चलाउनुपर्छ । दर्ता भएपछि प्वाइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्छ उनले भने, ‘कन्टेन्टमा गल्ती गरेको बेलामा कसलाई समात्न सक्छौँ । त्यसलाई कारवाही गर्ने ठाउँ हामीले पाउनुपर्छ ।’
उनले सबै कानून अनुसार चल्नुपर्ने भएकाले दर्ता गर्न नआउने सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने बताए ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments