Loading...
Logo
Image

सम्पर्कमा नआए नेपालमा फेसबुक पनि बन्द गर्ने चेतावनी

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पर्कमा नआए फेसबुक पनि नेपालमा बन्द गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा मनपरी लेख्ने र मनपरी गर्ने प्रवृत्ति बढेपछि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेस गरेको उनले बताएका छन् ।

उनले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अराजकतालाई स्वीकार्य नहुने र सरकार जनताको सुसूचित हुने अधिकार खोसिनु हुँदैन भन्नेमा सचेत रहेको बताए । उनले कुनै पनि सामाजिक सञ्जाल सरकारमा दर्ता नभए प्रतिबध लगाउने चेतावनी दिए ।

अहिले दर्ता भएर, प्वाइन्ट अफ कनट्र्याक्ट तोकेर बसेको आज टिकटकमात्रै छ । मेटा, गुगल, माइक्रोसफ्टलगायत डिजिटल प्लेटफर्महरू सरकारमा दर्ता भएर मात्रै चलाउनुपर्छ । दर्ता भएपछि प्वाइन्ट अफ कन्ट्र्याक्ट तोक्नुपर्छ उनले भने, ‘कन्टेन्टमा गल्ती गरेको बेलामा कसलाई समात्न सक्छौँ । त्यसलाई कारवाही गर्ने ठाउँ हामीले पाउनुपर्छ ।’

उनले सबै कानून अनुसार चल्नुपर्ने भएकाले दर्ता गर्न नआउने सामाजिक सञ्जाल प्लेटफर्ममाथि प्रतिबन्ध लगाउने बताए ।

Comments

KATHMANDU WEATHER