Loading...
Logo
Image

काठमाडौंको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते

काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् ।  तीमध्ये ११ जनालाई अस्पताल लिइएको छ भने ३ जना सामान्य छन् ।

कमलपोखरीमा रहेको सानदार मम सेन्टरमा ग्यास सिलिन्डर विस्फोट भएको हो । विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि कीर्तिपुर बर्न सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ । 

घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेको र सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ । त्यहाँ प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थान टोली र मालीगाउँ प्रहरीको टोली खटिएको छ ।

Comments

KATHMANDU WEATHER