- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको नियुक्तिका लागि दरखास्त माग गरेको छ । बिहीबार सार्वजानिक सूचना जारी गर्दै कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान गरिएको हो ।
तत्कालीन निर्देशक डा. दामोदर बसौलाको चार वर्षे कार्यकाल गत २५ भदौमा सकिएको थियो । त्यसयता बोर्ड निमित्तको भरमा सञ्चालन भइरहेको छ । अहिले स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माले बोर्डको निमित्त कार्यकारी जिम्मेवारी सम्हालेका छन् ।
नेपाली नागरिक अनिवार्यका साथै दरखास्त दिने अन्तिम मितिसम्म पैसट्ठी बर्ष उमेर ननाघेको, भ्रष्ट्राचार, जवरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ती शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय नपाएको योग्यतामा छन् ।

Comments