Loading...
Logo
Image

अडानको सातौँ महाधिवेशन आगामी जेठ तेस्रो साता काठमाडौंमा हुने

नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौँ महाधिवेशन आगामी जेठ तेस्रो साता हुने भएको छ । 

अध्यक्ष केदाननाथ पौडेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको २२औँ पूर्ण बैठकले सातौँ राष्ट्रिय महाधिवेशन आगामी १६ र १७ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको अडानका प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभाग संयोजक डा. डीपी दाहालले जानकारी दिए ।

राष्ट्रिय महाधिवेशनअघि १५ चैतमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाउने निर्णय बैठकले गरेको छ । बैठकले अधिवेशनको तयारीमा जुट्न प्रदेश र जिल्ला कार्यसमितिलाई आह्वान पनि गरेको प्रथम उपाध्यक्ष दाहालले बताए ।

बैठकले यही १० चैतभित्र जिल्ला अधिवेशन र १० वैशाख २०८२ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने पनि निर्णय गरेको दाहालले बताए । बैठकले महासचिव प्रेमबहादुर श्रेष्ठको सांगठनिक र कोषाध्यक्ष बलराम चौधरीको आर्थिक प्रतिवेदन सुझावसहित पारित पनि गरेको थियो ।

Comments

KATHMANDU WEATHER