- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
नेपाल अडिटर्स एसोसिएसन (अडान) को सातौँ महाधिवेशन आगामी जेठ तेस्रो साता हुने भएको छ ।
अध्यक्ष केदाननाथ पौडेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको २२औँ पूर्ण बैठकले सातौँ राष्ट्रिय महाधिवेशन आगामी १६ र १७ जेठमा काठमाडौंमा गर्ने निर्णय गरेको अडानका प्रथम उपाध्यक्ष एवं प्रचार प्रसार विभाग संयोजक डा. डीपी दाहालले जानकारी दिए ।
राष्ट्रिय महाधिवेशनअघि १५ चैतमा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक पनि बोलाउने निर्णय बैठकले गरेको छ । बैठकले अधिवेशनको तयारीमा जुट्न प्रदेश र जिल्ला कार्यसमितिलाई आह्वान पनि गरेको प्रथम उपाध्यक्ष दाहालले बताए ।
बैठकले यही १० चैतभित्र जिल्ला अधिवेशन र १० वैशाख २०८२ भित्र प्रदेश अधिवेशन सम्पन्न गर्ने पनि निर्णय गरेको दाहालले बताए । बैठकले महासचिव प्रेमबहादुर श्रेष्ठको सांगठनिक र कोषाध्यक्ष बलराम चौधरीको आर्थिक प्रतिवेदन सुझावसहित पारित पनि गरेको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments