- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
संघीय निजामती सेवा ऐन तत्काल जारी गर्न माग गर्दै निजामती कर्मचारीहरूले देशभरि कालो पट्टी बाँधेर विरोध प्रदर्शन सुरु गरेका छन् । आन्दोलनको नेतृत्व संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जालले गरेको हो ।
संघीय निजामती ऐनको वर्तमान मस्यौदामा कर्मचारीहरूको वृत्ति विकासमा अवरोध पुग्ने प्रावधानहरू रहेको भन्दै कर्मचारी संगठनहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । उनीहरूका अनुसार, ऐनमा सीमित स्वार्थ समूहको प्रभाव बढ्दा आमकर्मचारीका हितविपरीत व्यवस्थाहरू समेटिने खतरा बढेको आरोप लगाएका छन् ।
अतिरिक्त सचिव पदको अवधि नतोकिएको विषयप्रति कर्मचारीहरू असन्तुष्ट छन् । संयुक्त आन्दोलन निर्देशन समितिको आह्वानमा सुरु भएको आन्दोलनलाई थप सशक्त बनाउँदै जाने चेतावनीसमेत दिइएको छ ।
समितिमा नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्र सेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आबद्ध छन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments