Loading...
Logo
Image

लम्पी स्किन र अफ्रिकन स्वाइन फिबरको अवस्था पत्ता लगाउन टोली परिचालन

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल पशु चौपायामा लम्पी स्किन र अफ्रिकन स्वाइन फिबर देदेखापरेकोले उक्त रोगको वस्तुगत अवस्थिति अध्ययन गरी तत्काल नियन्त्रणका लागि प्रभावकारी उपाय पहिचान गर्न मातहतका निकायलाई परिचालन गरेको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा आज बसेको सम्बन्धित अधिकारीहरूको बैठकले पशु सेवा विभागअन्तर्गतका वरिष्ठ पशु चिकित्सकको नेतृत्वमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, प्रदेश मन्त्रालयअन्तर्गतका सम्बन्धित अधिकृत र स्थानीय तहसमेतको सहभागितामा टोली गठन गरी तत्काल रोग देखापरेका क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ ।

Comments

KATHMANDU WEATHER