Loading...
Logo
Image

ट्रम्पविरुद्ध मुद्दा हाल्ने तयारीमा क्यालिफोर्नियाका गभर्नर

अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध कानुनी उपचार खोज्ने बताएका छन् । आफ्नो अनुमतिबिना लस एन्जलसमा नेसनल गार्ड तैनाथ गरेको भन्दै उनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा चलाउने बताए ।

न्युसमले आफ्नो अनुमतिबेगर लस एन्जलसमा नेसनल गार्ड तैनाथ गर्नु असंवैधानिक भएको पनि बताए । सोही कारण मुद्दा लडेर ट्रम्प प्रशासनलाई चुनौती दिने उनको भनाइ छ ।

एक्समा न्युसमले लेखेका छन्, 'यो त्यही हो जो डोनाल्ड ट्रम्प चाहन्थे । उनले आगो सल्काए र अवैध रूपमा नेशनल गार्ड तैनाथ गरे । उनले हस्ताक्षर गरेको आदेश क्यालिफोर्नियामा मात्र लागू हुँदैन । यसले उनलाई कुनै पनि राज्यमा गएर यही काम गर्न दिन्छ । हामी उनीहरूमाथि मुद्दा हाल्दैछौँ ।'

शनिबार क्यालिफोर्नियामा अध्यागमन र सीमा शुल्क प्रवर्तनका कदमहरूको विरोधमा मानिसहरू विरोध प्रदर्शनका लागि सडकमा उत्रिए । त्यसपछि ट्रम्पले गभर्नर न्युसमको आपत्तिको बाबजुद क्यालिफोर्नियामा नेशनल गार्डका २०० सैनिकहरूलाई शान्ति पुनर्स्थापना गर्न खटाए । यही प्रकरणमा विवाद बढेको हो ।

Comments

KATHMANDU WEATHER