Loading...
Logo
Image

बेलायत पठाइदिन्छु भन्दै ११ करोड ठगी, दुई जना पक्राउ

बेलायत पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग ११ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा ४४ वर्षीय लक्ष्मण पराजुली र ४७ वर्षिय अरुणराज शर्मा पक्राउ परेका हुन् ।

पराजुली मोरङको रतुवामाई- १० घर भइ काठमाडौं महानगरपालिका- ६ सरस्वतीनगर बस्तै आएका थिए । त्यस्तै शर्मा धनुषाको सबैला नगरपालिका- १२ घर भइ हाल काठमाडौं महानगरपालिका- ३२ नरेँफाँट बस्दै आएका थिए ।

Comments

KATHMANDU WEATHER