Loading...
Logo
Image

नेपाल म्यांगो फेस्ट २०२५ हुँदै, कृषि मन्त्रीले उदघाटन गर्ने

आँपको मौसम सुरु भएसँगै ‘नेपाल म्यांगो फेस्ट २०२५’ आयोजना हुने भएको छ । यही असार १३ गते पानीपोखरीमा उदघाटन हुने म्यांगो फेस्ट असार १९ सम्म चल्नेछ । उदघाटन नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले गर्नेछन् ।

काठमाडौं अग्र्यानिक्स, एग्रि नेपाल, अर्थियर एप र युबी होल्डिङको सहकार्यमा आयोजना हुन लागेको म्यांगो फेस्टमा आँपको विक्रिी वितरणसँगै आँपसँग सम्बन्धित विभिन्न खेलहरुको समेत आयोजना गरिनेछ । नेपालकै मधेस क्षेत्रमा उत्पादन गरिएका नेपाली आपँहरूको प्राकतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहँुच बढाउने विविधता र स्वादको प्रवद्र्घन गर्ने तथा स्थानीय कृषकहरूको श्रमको मूल्य मजबुत बनाउने उद्घेश्यसाथ म्यांगो फेस्ट आयोजना हुन लागेको हो ।

 

Comments

KATHMANDU WEATHER