- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत १६ गते । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक हजार जना भन्दा बढी पुगेको छ ।
त्यस्तै मृत्यु हुनेको मानिसको संख्या पनि २४ पुगेको छ । कोभिड १९ इन्डिया डट ओआरजीका अनुसार भारतमा समग्र संक्रमितको संख्या एक हजार २९ पुगेको छ ।
भारतमा शनिबार भाइरसको कारण थप चार जनाको मृत्यु भएको छ । यससँगै भारतमा भाइरसको कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको हो । अहिलेसम्म यो भाइरसको संक्रमण भारतको २७ प्रान्तमा देखिएको छ । महाराष्ट्र भारतको सबैभन्दा प्रभावित प्रान्त बनेको छ । अहिलेसम्म यो प्रान्तमा १८६ संक्रमित देखिएका छन् । दोस्रो बढी प्रभावित प्रान्त केरलामा १८२ जनामा यो भाइरसको संक्रमण देखिएको छ ।
भाइरसको कारण महाराष्ट्रमा अहिलेसम्म ६ जनाको मृत्यु भइसकेको छ । त्यस्तै गुजरातमा ४ र कर्नाटकमा अहिलेसम्म ३ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् ।
-
9 months agoनारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड ४ घण्टा बन्द हुने
-
-

Comments