Loading...
Logo

कपिलवस्तुको गुगौलीमा भीषण आगलागी, ४० घर जलेको अनुमान

काठमाडौँ, चैत २१ गते शुक्रबार । कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ । जिल्लाको विजयनगर गाउँपालिका वडा नम्बर १ गुगौलीको सिङ्खो गाउँमा लहरै रहेका फुसले छाएका घरहरूमा आगलागी भएको हो ।

करिब ३५ देखि ४० घरमा आगलागी भएको फिल्डमा खिटिएका इलाक प्रहरी प्रमुख इन्स्पेक्टर माधु नेपालले बताउनुभयो । अहिले दमकलको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल सेनाको टोली र स्थानीयले आगो निभाउने कार्य गरिएको उहाँले बताउनुभयो ।
अहिलेसम्म मानवीय क्षतिको घटना नभएको उहाँले बताउनुभयो । आगलागीको कारण खुल्न सकेको छैन । घटनाको बाँकी विवरण आउन बाँकी छ ।

स्रोत: Shilapatra.com

Comments

KATHMANDU WEATHER