- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौँ, चैत २२ गते शनिबार । प्रदेश नं. ५ का मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिती सदस्य शंकर पोखरेलले वर्तमान सरकारका विरुद्ध नियोजित षडयन्त्र भैरहेको बताउनु भएको छ ।
आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै उहाँले दासढुंगा हत्याकाण्डको केहि समयपछि एक साप्ताहिकले काल्पनिक कथा रचेर तत्कालिन एमाले नेतृत्वलाई बदनाम गर्नखोज्दा पत्रिकाकै अवसान भएको स्मरण गराउदै अहिले पनि केहि सञ्चारमाध्यम सरकार असफल बनाउने त्यहि फर्मुलामा लागेको उल्लेख गर्नुभएको छ ।
कुनैपनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्नको जवाफ जिम्मेवार व्यक्तिले दिनुपर्ने तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुबाट भ्रमित हुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रको लागि ठुलो दुर्भाग्य हुने उल्लेख गर्दै त्यस्ता कुप्रचारबाट समाजलाई जोगाउन उहाँले अपिल गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ –
दासढुंगा हत्याकाण्डको केही समय पछि तत्कालिन समयमा प्रकाशित हुने एउटा साप्ताहिकमा उक्त हत्याकाण्डको रहस्य उजागरगर्ने नाममा काल्पनिक कथा रचेर तत्कालिक एमाले नेतृत्वलाई वदनामगर्ने नियोजित षडयन्त्र रचिएको थियो । पछि त्यस नियोजित षडयन्त्रको पटाक्षेप भयो र पत्रिकाको पनि अवसान भयो । यतिवेला कतिपय पत्रिका र अनलाईनहरुका नियोजित समाचारहरुको श्रृंखलाहेर्दा सरकार विरुद्ध त्यही फर्मुलाको प्रयोग हुदैछ जस्तो देखिन्छ । कुनै पनि कामका सन्दर्भमा जोडिएर उठेका प्रश्न र आशंकाको जवाफ जिम्मेवार व्यक्तिहरुले दिनुनै पर्दछ । तर षडयन्त्रपूर्ण र नियोजित समाचारहरुवाट समाजनै भ्रमितहुने अवस्था सिर्जना भयो भने त्यो राष्ट्रका लागि ठुलो दुर्भाग्य हुन्छ । आशंक र भ्रम निवारण गरौ, कमजोरी छन् भने सुधार गरौ । तर नियोजित र षडयन्त्रपूर्ण ढंगले सिर्जित कथामा आधारित कुप्रचारवाट आफु पनि जोगियौ र समाजलाई पनि त्यसको कुप्रभाववाट जोगाउ ।
अन्यथा यस प्रकारको नियोजित कूप्रचारको प्रभावले कोरोनाका विरुद्धको हाम्रो संघर्ष समेत प्रभावित हुने खतरा देखिदैछ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments