- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
लीलाराज झापाली
बिर्तामोड, चैत्र २३ गते । झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ ।
कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ लाख र ५ सय दरका नोट र ६ लाखजति जलेका तर नम्बर भएकाले बैंकमा साट्न मिल्ने दरका नोट फेला परेको हो ।
राईका अनुसार घरमा २४ लाख ५० हजार भन्दा बढी नगद, डेढ तोला सुन र १८ तोला चाँदी रहेको थियो । प्रहरी, रेडक्रसकर्मी, सामुदायिक वनका पदाधिकारी लगायतले सो रकम र १८ तोला चाँदी फेला पारेका थिए ।
हाल सो रकम इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको छ । प्रहरीले रकमको स्रोत खोज्ने काम गरिरहेको जनाएको छ ।
शनिबार साँझ कनकाई सामुदायिक वन क्षेत्रहाताभित्र रहेको घरमा आगलागी हुँदा राईसहित अन्य दुई घर अमृता श्रेष्ठ र झकडबहादुर दर्जी समेतको घर जलेको थियो ।
आगो राईको घरबाट सुरु भएको थियो ।
राईले शुक्रबार मात्रै कनकाई नगरपालिका ४ नम्बर वार्ड कार्यालयबाट कोरोना विपतको राहत बुझेर ल्याएका थिए ।
उनले बुझेर ल्याएको राहत समेत जलेको थियो । राई बजारमा फालिएका प्लाष्ट्रिकका वोटल टिपेर गुजारा गर्ने गरेको थिए भने उनी सामुदायिक वनको जमिनमा सुकुम्बासीका रुपमा बसोबास गर्दै आएका थिए ।
सुकुम्बासीका नाममा हुकुमबासीले वनको जग्गामा छाप्रो हालेर बसेको उक्त घटनाले प्रमाणित गरेको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्यामप्रसाद ओलीले बताउनुभयो ।
लक डाउनका कारण बजारमा प्लाष्ट्रिकको बोटल खोज्न नपाएको भनेकाले आफूहरुले वार्डवाट राहत दिएको जनप्रतिनिधी रोशान सुवेदीले बताउनुभयो । राई लगायातको घरको आगो दकम नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवाशी मिलेर नियन्त्रणमा लिइएको थियो भने जनप्रतिनिधि, प्रहरी र रेडक्रसकर्मीलाई राईको घरमा फेला परेको पैसा गन्न समेत ३ घण्टा लागेको थियो ।
प्रहरीका अनुसार राईले आफूले सो रकम आफ्नो जग्गा विक्रीबाट १२ लाख र त्यही रकमलाई गाउँमा ब्याजमा लगाएर जम्मा गरेको बताएका छन् । राई लगायत १२ घर सो सामुदायिक वनको जमिनमा वाढी पीडितको नाममा विगत ७ वर्षदेखि बस्दै आएका छन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments