- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
दिपक समिर
“हजार सपनाहरुको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरी भएर आउँछ.......” गायक भक्तराज आचार्यले गीत बनाएर गाएको कवि ईश्वर बल्लभको यो रचना । जसमा हरेक प्राणीको पहिलो सपना “बाँच्नु” अर्थात “जिन्दगी” हो भन्ने अर्थ छ ।
संसारमा सबभन्दा बढी माया आफ्नै सपनालाई गरिन्छ । ती मध्ये पनि बाँच्ने सपनालाई । सिङ्गो संसारले नै अहिले यो प्रमाणित गरिरहेको छ । कोभिड १९ को कारण जीवन जाला भन्ने डर एकातिर छ भने अर्कोतिर एक समूहलाई गाँसको कारण यो डर छ । त्यसमा मानिससँग जोडिएका नजिकको सम्बन्ध भएका केही प्राणिहरु पनि छन् । ती मध्ये यहाँ चर्चा गर्न खोजिएको सडकमा रहेका कुकुरहरुको हो । जसलाई “कम्युनिटी डग” पनि भनिन्छ । मानिसको जीवनशैलीसँग बाँच्ने साइनो भएका सडकमा बस्ने त्यस्ता कुकुरहरु नेपालमा हजारौं छन् । काठमाडौं उपत्यकामा सबैभन्दा बढि । लकडाउनसँगै यस्ता कुकुरहरुको जीवनशैलीमा भएको कठिनाइ र संघर्षरत जविनशैली कारुणिक छ । जसको लागि खानेकुरा मानिसकै माध्यमबाट आउने गथ्र्यो । तर अहिले बजार र चहलपहल ठप्प भएपछि खानै नपाएर सडकमा मृत्यु कुरेर बसेका थुपै कुकुरहरु हामीले भेट्यौं र जसका केही कारुणिक तस्विर यहाँ राखेका छौं । हरेक तस्विर मन छुने खालका छन् । जो मान्छेले गरेका गल्तीको सजाय विना कारण भोगिरहेका छन् ।
चाहे मानिसलाई रेखदेख र मनोरञ्जन दिएर होस चाहे खेर जाने वस्तु खाएर मानिसलाई सहयोग गरिरहेका यी कुकुरहरुको यो फरक कथा शहरले अहिले सुन्दैन । फुर्सदै फुर्सदको यो समयमा पनि त्यो फुर्सद चाहिं मान्छेलाई छैन । किनकी यो अहिलेको फुर्सद आफै बाँच्ने रहरसँग जोडिएको छ । तर यी अरुबेलाका साथीको बाँच्ने रहर कस्ले बुझ्ने?
सडकका कोही किनारामा कोही बिचैमा कोही समूहमा कोही एक्लै भोको पेट लिएर बसेका छन् । यी निर्दोष प्राणीलाई थाहाछैन संसारले किन यसपाली फरक ब्यवास्ता गर्दैछ ? अरुबेला गाली नै सहि कुनै न कुनै सम्बोधन त हुन्थ्यो तर अहिले त्यो पनि बन्द छ । त्यति बुझ्न सक्ने विवेक भएको भए किन मानिसमा निर्भर भएर बस्थे ? कुनै ठूलो त्रास र परिवर्तनको अनुमान लगाउदै यो शुन्यताको शिघ्र अन्त्यको कामना गर्नु बाहेक यिनीहरुसँग कुनै बिकल्प छैन ।
हाम्रा पौराणिक कथा र इतिहास हेर्दा पनि मान्छे र कुकुरको आत्मीय सम्बन्ध रहेको पाइन्छ । जसले बफादारीताको नमूना पेश गरेर मानिसलाई बिभिन्न संकटमा बचाएको, घरपरिवारको रेखदेख गरेको जस्ता कुराहरु हामीले दैनिक दैखिरहेकै कुरा हो । त्यसमा पनि शहरी जिवनशैलीमा त कुकुर पाल्ने चलन अत्यन्तै लोकप्रिय छ । ती पालिएका कुकुरहरु घरकै सदस्य सरह हुने पनि अनुभव छ धेरैको । त्यसो भए त्यस्तै सदस्यको सडकमा बिचल्ली हुँदै गर्दा, खान नपाएर सडकमै प्राण त्याग गर्नुपर्ने अवस्था आउँदा आफ्ना समस्या समाधानसँगै सामूहिक भएपनि केहीसोच्नु ढिला भएन र ? आखिर यिनलाइ सडकमा पुर्याएको त हामीले नै हो । नत्र त्यस्तो बफादार, लगनशिल कुकुर सडकमा बस्न त किन रुचाउँथ्यो र ? बाध्यता नै पछि जिवनशैली भएको न हो ।
अर्को दृष्टिबाट हेर्दा सडकमा रहेका यी कुकुरहरु सबै स्वस्थ त पक्कै छैनन् । कति उमेर ढल्केका होलान्, कति बिरामी होलान्, कति सुत्केरी होलान् । लकडाउन लम्बाउदै लैजानु अहिले सिङ्गै विश्वको साझा आवश्यकता हो । यसले यस्ता कुकुरको मृत्यु हुने क्रम बढ्दै जाने पनि निश्चित छ । यसपछि त्यसले वातावरणमा पार्ने असर कसरी ब्यवस्थापन होला ? कतै यसले अर्को महामारी निम्त्याउने त हैन ?
कुकुर मात्र हैन मानिससँग जोडिएका हरेक प्राणिको बारेमा यसरी सोच्नु जरुरी छ । कुकुर खाली प्रतिनिधी पात्र मात्रै हुन् । त्यसैले व्यवस्थापनको उचित र समयानुकूल उपाय अबलम्बन गर्नु आजको आवश्यकता हो , इतिहासले पनि देखाएको छ कि यस्ता ठुला विपदको समय त एकदिन सकिन्छ तर तिनका अरु यसले निम्त्याएका असर सदियौं रहन्छन् । आज हामीले सडकमा देखेका सामान्य कुकुर जो देशका बिभिन्न शहरमा हजारौंको संख्यामा छन् । कतै यी भोली अर्को समस्या बनेर आउने पो हुन् की ! दोष उनीहरुको छैन । सही व्यवस्थापन नहुने हो भने मान्छेको लागि स्वयम् मान्छे त समस्या बनेर आउँछ भने अरु प्राणीको के कुरा ? त्यसैले यस बिषयमा दुई फरक कोणबाट विश्लेषण र प्रयास जरुरी हुन्छ – प्राणी जगतको हितका लागि मानव धर्म र भविष्यमा आफै माथि आउन सक्ने खतरा । तर समयमै कतै ढिला नहोस् ।
शुरु आफुबाटै गरे के हुन्छ ? यो संकटमा अरु केही नसकेपनि हामीले दैनिक पकाउने खाना बाट एक गाँस कटाएर आफ्नो नजिकैका कुकुरहरुलाई दिन सक्दैनौं र ? यो संकटमा त्यो थोरै खाना उनीहरुको जिवन बाँच्ने आधार बन्न सक्छ ।
यी कुकुरका आर्तनाद र भविष्यको बारेमा अरुले नसोचे पनि यिनकै नाममा बजेट र कार्यक्रम ल्याएर बन्दोबस्त गर्नेहरुले चाहिं सोच्नु पथ्र्याे की ? तपाइलाई र तपाइको परिवारलाई बचाउने यी निर्दोष जीवन अहिले सडकमा जीवन, मृत्युको दोसाँधमा छन् महाशय !
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments