- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २६ गते बुधबार । कैलालीको गोदावरी नगरपालिका–१० का वडा अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान हतियार र ८२ हजार नगदसहित पक्राउ परेका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका– ४ र ५ काे सीमानजिकै रोकिराखेको एउटा भारतीय नम्बर प्लेटको गाडीमा २ थान बन्दुकसहित सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरले उनलाई पक्राउ गरेको हो ।
डीएल ३ सीसीआर ३९९७ नम्बरको टोयोटा फरच्युन गाडीमा प्वाइन्ट टुटु एलआर एक थान, त्यसको गोली १४ थान तथा एयर गन १ थान र त्यसको छर्रा १९६ थान बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साउदले जानकारी दिए ।
सो गाडीबाट नेपाली १ हजार दरका ७१ हजार, ५ सयको नोट ५ हजार ५ सय, मेगा बैंकको एटीएम कार्ड एउटा, हिमालयन बैंकको एटीएम कार्ड एउटा, एनआईसी एसिया बैंकको एटीएम कार्ड २ वटा, गरिमा विकास बैंकको एटीएम कार्ड एउटा, आर इन्डियन बैंकको एटीएम कार्ड एउटा र आईएमई कार्ड एउटा बरामद भएको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments