- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
ललितपुर, चैत्र २७ गते बिहिबार । ललितपुर महानगरपालिकाले उपत्यकाभित्र बिरामी परेकालाई एम्बुलेन्समार्फत अस्पताल पुर्याउने व्यवस्था गरेको छ । महानगरको हटलाइन नम्वर ११३१ मा फोन गरेपछि तपाइलाई लिन एक्बुलेन्स घरमै आइपुग्नेछ ।
अखिल नेपाल फुटवल संघ (एन्फा)ले दिएका दुईवटा एम्बुलेन्स निःशुल्क बिरामी बोक्न प्रयोग गरिने महानगरपालिकाले जनाएको छ । दुईमध्ये एउटा कोरोनाको लक्षण देखिएका बोक्न प्रयोग गरिने छ भने अर्को अन्य रोग लागेकालाई अस्पताल लैजान प्रयोग गरिने छ ।
ललितपुर महानगरपालिकालाई नेपाल फुटबल संघ एन्फाले कोरोना संक्रमण र नियन्त्रणका लागि प्रयोग गर्न दिएको दुईवटा एम्बुलेन्स मध्ये एउटा अन्य रोगको बिरामीलाई अस्पताल पुर्याउन प्रयोग गर्ने निर्णय गरिएकोे महानगरपालिकाले जनाएको छ ।
‘सुविधा सम्पन्न एम्बुलेन्स मध्ये बा२२ च २१०६ नम्वरको एम्बुलेन्स कोभिड १९को लक्षण देखिएका बिरामीका लागि र बा२२च २१०७ अन्य रोगका बिरामीका लागि व्यवस्था गरिएको छ,’ महानगरको विज्ञप्तिमा भनिएको छ ।
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले एउटा एम्बुलेन्स कोरोना भाइरस संक्रमितका लागि ‘स्ट्याण्ड बाइ’ राखेको बताउँदै भने, ‘अन्य रोगका बिरामीलाई अस्पताल पुग्न लकडाउनका कारण समस्या भयो भन्ने जानकारी पायौं त्यसैले अन्य बिरामीको सहजताका लागि एउटा एम्बुलेन्स प्रयोग गर्ने निर्णय गरेका हौं ।’
लकडाउनले मधुमेह, उच्च रक्तचाप, डायालासिस गर्नुपर्ने बिरामीले अस्पताल पुग्न साधन नपाउँदा समस्या भोग्दै आएका छन् ।
प्रमुख महर्जनले मुलुकलाई अप्ठ्यारो परेको बेलामा सहयोग गरेकोमा एन्फालाई धन्यवाद दिए ।
वडा नं २४ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक दिनेश कार्कीले अन्य रोगका बिरामीलाई अस्पताल पुग्न अब सहज हुने बताए । उनले महानगरको हटलाइन नम्बरमा फोन गरेर सेवा लिन सक्ने बताए । कार्कीका अनुसार बिरामीले एम्बुलेन्स सेवा निशुल्क प्राप्त गर्नेछन् ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments