- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
ललितपुर, चैत्र २७ गते बिहिबार । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज अपराह्न हुँदै छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर महास्नान सामान्य रूपमा भीडभाड बिना सम्पनन गरिएको छ ।
करुणामयलाई यस दिन काठमाडौँ उपत्यकाका पाँच तीर्थबाट जल ल्याई महास्नान गराउने परम्परा रहेको पाटनका सूर्यमान डंगोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मनोहरा तीर्थ, शिलु तीर्थ, गंगा तीर्थ, विष्णुमती तीर्थ र सपन तीर्थको जल मिसाएर महास्नान गराउने परम्परा रहँदै आएको छ ।” यी पाँच स्थानको जल मच्छिन्द्रनाथ गुठीमा रहेका व्यक्तिले रीत पु¥याएर ल्याउने गरेको डंगोलले जानकारी दिनुभयो ।
महास्नान गर्नुपूर्व यस दिन मच्छिन्द्रनाथलाई तःबहालबाट लगनखेल ल्याई शृङ्गारपटार गरेर राखिन्छ । केही समय पाठ गरिन्छ । पाठ समाप्त भएपछि चारै दिशाामा पुजारी बस्छन् । मच्छिन्द्रनाथको मुख पश्चिमपट्टि फर्काइन्छ । चाँदीको गाग्रीमा पाँचै तीर्थको पानी, गाईको दूध र विभिन्न प्रकारका फूल मिसाएर महास्नान गर्ने चलन छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments