Loading...
Logo
Image

१० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस

काठमाडौं, चैत्र २९ गते शनिबार । नेपाल  प्रहरीमा जनपथ प्रहरी समुह तर्फको प्रहरी नायब महानिरिक्षक (डी आइ जि ) पदमा बढुवा समितीको बैठकले १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायव महानिरीक्षक डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बढुवा सिफरिस हुनेहरुमा एसएसपी घनश्याम अर्याल, प्रकाश जंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा, धीरजप्रताप सिंह, बसन्तकुमार लामा, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी,र अरुणकुमार बिसी छन् । 

शुक्रबार गृहमन्त्रालयमा बसेको बढुवा समितीको बैठकले डीआईजीमा बढुवा सिफारिस गरेको हो । १० जना डीआईजीको लागि ३४ जना प्रतिस्पर्धामा थिए ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैंठकले साधारण सेवा तर्फको २६ जना डीआईजी दरबन्दी मध्ये १४ जना मात्र कायम गरेपछि डीआईजीको बढुवाको बाटो खुलेको हो । यस अघि २६ मध्ये २२ पद रिक्त थिए । १० जना बढुवासँगै अब १४ जना दरबन्दी भएको डीआईजी पदपुर्ति भएको छ । ४ जना यसअघिनै कार्यरत छन् ।

Comments

KATHMANDU WEATHER