- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, चैत्र २९ गते शनिबार । कालोबजारी मुद्दामा म्याद थपिएका जगदम्बा ग्रुपसँग सम्बन्धित व्यापारी सुलभ अग्रवाललाई प्रहरी हिरासतमा दिइने भात नरुचेपछि प्रहरीलाई अर्को हैरानी थपिएको छ ।
घरबाट लगिएको खाना खुवाउन नमिल्ने भन्दै प्रहरीले सधैँ फर्काउँदै आएको छ । प्रहरी क्यान्टिनमा पकाइएको भात नरुचेको नाममा भोक हड्ताल नै गरौँलाझैँ गर्न थालेपछि प्रहरीको अर्को ड्युटी थपिएको छ, उनको पेटमा जसरी पनि अन्न पार्नुपर्ने । चीनबाट आयातित थर्मल गनको विक्रिमा अस्वाभाविक मूल्य असुलेपछि प्रहरीको अपराध महाशाखाले गत शनिबार उनलाई रंगेहात पक्राउ गरेको थियो ।
पक्राउलगत्तै अस्पताल बस्न चाहेका उनलाई नयाँ कानुनी व्यवस्थाबमोजिम त्यस्तो सुविधा प्राप्त भएन । त्यसपछि खाना नरुचेको नाममा प्रहरीलाई घुर्की लगाइरहेका छन् ।
उनीविरुद्ध महानगरीय प्रहरी परिसर, टेकुले कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिम मुद्दा चलाउनका निम्ति भोलिपल्टै, अर्थात् आइतबार जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुसन्धानका लागि पहिलोपटक सात दिनको म्याद दिएका छन् । उनी दरबारमार्ग प्रहरी बृत्तकै हिरासतमा राखिएका छन् ।
उनीमाथि कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ अन्तर्गतको कसुर गरेको प्रहरीले पेश गरेको मिसिलमा उल्लेख छ । सो दफामा भनिएको छ, ‘मोल निर्धारित भएकोमा बाहेक नेपाल सरकारले तोकेको कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया सयकडा २० भन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई विक्रि गरेमा एक वर्षसम्म कैद वा दुई लाख ५० हजारसम्म जरिवाना हुने वा दुबै हुनसक्ने ।’ सुलभले अभावको लाभ उठाई माल वस्तुको अनुचित नाफा लिएको प्रहरीको दावी भएको उल्लेख गर्दै जन आस्था साप्ताहिकले खबर लेखेको छ ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments