कालोबजारी गर्ने सुलभ अग्रवाल थप ५ दिन थुनामै बस्ने भए
मेरो अनलाइन
काठमाडौं, वैशाख २ गते मंगलबार । शंकर ग्रुपका निर्देशक सुलभ अग्रवाल थप ५ दिन थुनामा रहने भएका छन् । अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पहिलो पटक ७ दिनका लागि अनुसन्धान गर्न म्याद दिएकोमा आज पुन: ५ दिन म्याद थप गरेको हो ।
पाँच हजार रुपैयाँमा पाइने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै गर्दा प्रहरीले अग्रवाललाई काठमाडौंको नक्शालबाट पक्राउ गरेको थियो ।
उनी अहिले दरबारमार्ग प्रहरी कार्यालयको थुनामा रहेका छन् ।

Comments