Loading...
Logo
Image

काभ्रे र धादिङमा पनि संक्रमण, फेरी ३ जनामा कोरोना पोजेटिभ भेटियो

मेरो अनलाइन

काठमाडौं, वैशाख २ गते मंगलबार । काठमाडौंमा कोरोना संक्रमित भेटिएसंगै त्रास बढीरहेको बेला काभ्रे र धादिङमा पनि र्‍यापिड टेस्टमा  ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
काभ्रेको बेथान्चोक गाउँपालिकाका १ र मण्डनदेउपुर नगरपालिकाका १ जनामा र्‍यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको बताइएको छ । वैदेशिक रोजगारीबाट फर्केका उनीहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट गरिएको परीक्षणको क्रममा रिपोर्ट पोजेटिभ आएको हो । बेथाञ्चोकका युवा भारतबाट र मण्डनदेउपुरका युवा दुबईबाट आएका थिए । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा २२ दिन बसेर उनीहरु घर गएका थिए। उनीहरुको सम्पर्कमा आएकालाई पनि क्वारेन्टाइनमा राखिएको छ।
दुवैजनाको स्वाब थप परीक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको जानकारी प्राप्त भएको छ ।
त्यसैगरि धादिङको ज्वालामुखी गाउँपालिकामा भएको र्‍यापिड टेस्टमा १ युवाको रिपोर्ट पोजेटिभ आएको छ । ति युवा दक्षिण कोरियाबाट आएको बताइएको छ । पोजेटिभ देखिएका व्यक्तिलाई धादिङ अस्पताल उपचारको लागि लगिएको छ । परिवारका सदस्यलाई पनि क्वारेनटाइनमा राखिएको छ । 

Comments

KATHMANDU WEATHER