अब काभ्रे छिर्न नपाईने
मेरो अनलाइन
काठमाडौं, वैशाख २ गते मंगलबार । र्यापिडको क्रममा जिल्लामा दुई जनाको कोरोना संक्रमण पोजिटिभ देखिएपछि जिल्ला प्रशासन काभ्रेले छिमेकी जिल्लाबाट काभ्रे जिल्ला प्रवेश र हिडडुलमा रोक लगाएको छ ।
काठमाडौं उपत्यकाबाट अन्य जिल्लामा जानको लागि मनिसहरु काभ्रे जिल्ला हुँदै हुँदै अन्य जिल्लामा गैरहेकोले अब भने काभ्रे हुँदै जान नपाउनेगरी प्रशासनले रोक लगाएको हो ।
जिल्ला प्रशासनले सुचना निकालेर भोली देखी थप कडाइ गरिने बताएको हो । लकडाउनमा पनि अनावश्यक रुपमा हिँड्डुल गर्ने क्रम नरोकिएको र संक्रमणको जोखिम बढेकोले केन्द्रसँगको सल्लाह बमोजिम नै कडाइ गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनुभयो । अटेर गरी अनावश्यक हिडडुल गर्नेलाई सोही स्थानबाट नियन्त्रणमा लिने, छिमेकी जिल्लाबाट पैदल नै जिल्ला प्रवेश गर्नेलाई पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो ।
अत्यावश्यक सेवाबाहेकका सवारी पास बिनाका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाएको पनि प्रशासनले जनाएको छ। 

Comments