Loading...
Logo
Image

प्रदेश २ मा थप २ जना र गोरखामा एक व्यक्तिको आरडीटी रिपोर्ट पोजेटिभ

मेरो अनलाइन

काठमाडौं, वैशाख २ गते मंगलबार । प्रदेश २ मा भारत दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केका मध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ भेटिएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार दिल्लीको निजामुद्दीनस्थित तबलिकी जमातमा सहभागी भएर फर्केकामध्ये २ जनाको आरडीटी रिपोर्ट पोजेटिभ आएको हो । मंगलबार  ७ जनाको र्‍यापिड डाइगनोस्टिक टेस्ट गरिएकोमा दुई जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।  
त्यस्तै गोरखामा चैतमा बहराइनबाट फर्केका ३१ वर्षीय युवाको र्‍यापीड टेस्ट रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । ती युवालाई  आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाबको नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।

Comments

KATHMANDU WEATHER