Loading...
Logo
Image

सनसिटीका सबैको कोरोना परीक्षण शुरु

मेरो अनलाइन

काठमाडौं, वैशाख ३ गते बुधबार। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकाको कोरोना भाइरस (कोभिड–१९) परीक्षण सुरु भएको छ । बुधबार बिहानबाट र्‍यापिड डाइगोनेस्टिक किट (आरडीटी) विधिबाट परीक्षण सुरु गरिएको कागेश्वरी मनहोरा नगरपालिकाले जनाएको छ ।
सनसिटीका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् । ति सबैको परीक्षण गरिने बताइएको छ । 
मंगलबार सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । 
नगरपालिकाका प्रमुख कृष्णहरि थापाका अनुसार अर्पाटमेण्टमा बस्ने २ सय ४२ जनाको आज परीक्षण गरिने र अन्यको क्रमश परीक्षण गरिनेछ । 

Comments

KATHMANDU WEATHER