Loading...
Logo
Image

काठमाडौंमा सवारी पास बन्द भयो

मेरो अनलाइन

काठमाडौं, वैशाख ३ गते बुधबार । कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधीमा पास लिएर गुड्ने सवारी साधनले पासको दुरुपयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुनेबाहेकलाई सवारी पास नदिने भएकोछ ।
लकडाउनको समयमा पास लिएर धेरै संख्यामा सवारी साधन प्रयोग गरेर लकडाउन उल्लङ्घन हुने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले कडाइ गरेको हो । मृत्य संस्कारमा जाने व्यक्ति बाहेकलाई पास नदिने निर्णय भएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवालले जानकारी दिनुभयो । 
मंगलबारबाट मात्रै जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत इ–पास लिन सकिने व्यवस्था मिलाएको थियो ।
खाद्यान्न, तरकारी ढुवानी लगायत अत्यावश्यक सेवा प्रायोजनको लागि भने पूर्ववत् अनलाइनमार्फत पास वितरण हुने प्रशासनले जनाएको छ ।

Comments

KATHMANDU WEATHER