हिजो पोजिटिभ रिपोर्ट आएका काभ्रेका २ जनाको पीसीआर रिपोर्ट नेगेटिभ
मेरो अनलाइन
काठमाडौं, वैशाख ३ गते बुधबार ।र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) आर्थत द्रुत परीक्षणमा पोजेटिभ देखिएका काभ्रेपलाञ्चोकका दुई युवाको स्वाब परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ ।
मंगलबार उनिहरुको आरडीटी रिपोर्ट पोजिटिभ आएको थियो तर पीसीआर रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जनाएको छ ।
बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक / एक जनामा द्रुत गतिको परीक्षणमा कोरोना संक्रमणको लक्षण देखिएपछि मंगलवार धुलिखेल अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो ।
बेथानचोकका युवा ९ चैतमा भारतबाट र मण्डनदेउपुरका युवा ७ चैतमा दुबईबाट आएका हुन् ।
अहिले सम्म काभ्रेमा २६३ जनाको आरडीटी परीक्षण भइसकेको र सबैको नेगेटिभ आएको स्वास्थ्य जिल्ला कार्यालय काभ्रेले जनाएको छ ।

Comments