Loading...
Logo
Image

राष्ट्रिय युवा संघ नवलपरासीद्वारा सुरक्षाकर्मीलाई पिपिई प्रदान

नवलपरासी, वैशाख ३ गते बुधबार । सिमामा खटिएका सुरक्षाकर्मीहरुको सुरक्षालाई ध्यानमा राखी राष्ट्रिय युवा संघ जिल्ला कमिटी  नवलपरासीले ति सुरक्षाकर्मीहरुलाई पिपिई उपलब्ध गराएको छ ।

नेपाल–भारत सिमामा कडा निगरानी गर्न खटिएका सुरक्षाकर्मीहरु क्रोना भाईरस संक्रमणको उच्च जोखिममा रहेकाले उनीहरुका लागि संघले ४१ थान पर्सनल प्रोटेक्टिभ ईक्वीपमेन्ट (पिपिई) उपलब्ध गराएको हो ।

जिल्ला कमिटीले औषधी व्यवसायी महासंघबाट खरिद गरिएको गुणस्तरिय उक्त ४१ थान पिपिई जिल्ला प्रशासन कार्यालयलाई हस्तान्त्रण गर्दै सिमा खटिएका सुरक्षाकर्मीहरुलाई उपलब्ध गराउन आग्रह गरेको हो ।

त्यसैगरि सिमामा कडाई गर्न अस्थायी पोष्ट बनाएर खटिरहेका नेपाल तथा शसस्त्र प्रहरीको संयुक्त सुरक्षाकर्मीहरुलाई रातीको समयमा अन्ध्यारोले समस्या भैरहेका बेला मनोबल उच्च पार्न युथ अफ सुस्ताले सुस्ता गाउँपालिकामा पर्ने ति अस्थायी पोष्टहरुमा बिजुली बत्ति समेत बालेर सहयोग गरिदिएको छ ।

Comments

KATHMANDU WEATHER