लकडाउनमा पुलिसले डाक्टर कुटे
मेरो अनलाइन
काठमाडौं, बैशाख ४ गते बिहीबार । लकडाउनको समयमा सर्वसाधारणको उपचारमा खटिएका त्रिवि शिक्षण अस्पतालका महाराजगञ्जमा कार्यरत तीन जना डाक्टरमाथि कुटपिट भएको राष्ट्रिय आवासीय चिकित्सक संघले जनाएको छ ।
ड्युटी सकेर फर्कदै गर्दा कार्ड देखाउँदा पनि प्रहरिले लाठी चार्ज गरेको संघका अध्यक्ष अनुप उप्रेती र सचिव बादल कार्कीले हस्ताक्षर गरेको विज्ञप्ति जारी गर्दै संघले जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं ।’विषम परिस्थितिमा अस्पतालमा काम गर्ने डाक्टरहरुमाथि कुटपिट भएको संघले जनाएको छ
डाक्टरहरुमाथि कुटपिट भएकोमा संघले विज्ञप्ति निकालेर बिरोध गरेपछी महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले छानविन समिति बनाएको बताएको छ । प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा रहेको छानविन समितिमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सदस्य रहेको छानबिन समिती बनाइएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

Comments