डाक्टर कुटीएपछी डिएसपीलाई पर्यो आपत
मेरो अनलाइन
काठमाडौं, बैशाख ४ गते बिहीबार । लकडाउनको समयमा बुधबार राति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत ३ जना डाक्टर शम्भु खनाल, तेजप्रसाद साह र विकाश साह माथि प्रहरीले लाठी बर्साएको घटना सार्वजनिक भएपछि महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएससपी) उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ ।
उनलाई छनबिनको लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी मेट्रो तानिएको छ । डाक्टरहरुमाथि कुटपिट भएकोमा राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति निकालेर बिरोध गरेपछी महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका प्रहरी उपरीक्षक मुकेश सिंह र महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सदस्य रहेको छानबिन समिती बनाएको थियो ।
सोही समितिको छानविनका आधारमा डीएसपी लम्सालको कमजोरी देखिएपछि उनलाई महानगरीय प्रहरी कार्यालय तानिएको हो ।

Comments