Loading...
Logo
Image

डेरावालसँग दुई महिनाको घरभाडा नलिने महेश वाग्लेको घोषणा

काठमाडौं, बैशाख ५ गते शुक्रबार । कोरोना महामारीले देश आक्रान्त भएका बेला काठमाडौंको गौशालाका एक घरधनीले डेरामा बस्नेसँग दुई महिनाको भाडा नलिने घोषणा गरेका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ९ का महेश वाग्लेले आफ्नो घरमा बस्ने डेरावालसँग चैत र बैशाखको भाडा नलिने घोषणा गरेका हुन् । उनले कोरोनाका कारण सबैजना समस्यामा परेकाले आफूले दुई महिनाको भाडा नलिने घोषणा गरेका हुन् ।

उनको घरमा ३ परिवार भाडामा बस्ने गरेको र प्रती परिवार २० हजार महिनाको लिने गरेकोमा सबैसँग दुई महिनाको भाडा नलिने उनले बताएका छन् ।

सरकारले पनि घरधनीहरुलाई एक महिनाको भाडा छुट दिन आग्रह गरेको छ । तर कतिपय घरधनीले सरकारले भाडा छुट दिन आग्रह गर्नुअघि देखिनै आफूहरुले भाडा नलिने स्वघोषणा गर्दै आएका छन् ।

स्रोत: ujyaalonepal.com

Comments

KATHMANDU WEATHER