- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ५ गते शुक्रबार । जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।
स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत पैसा राखेको स्थानीयले बताएका छन् ।
जथाभावी विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि समयमै प्रहरीले महावीर चोकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको जनाइएको छ ।
अन्दाजी ३५ देखि ४० वर्षीया २ महिला जथाभावी रुपमा पैसा फालेर भागेको स्थानीयले फोन गरेपछि उनीहरुको खोजी भइरहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताए ।
यस्तो काम कोरोना संक्रमित व्यक्तिले गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । पैसा छोएपछि कोरोना सर्नेे अशंकामा स्थानीय भयभित बनेका छन् ।
पैसा फाल्नेहरुको खोजी सीसी क्यामरा मार्फत् पनि भइरहेको प्रहरीले जनाएको छ ।
केही दिनअघि भारतमा पनि कोरोना संक्रमित व्यक्तिले पैसामा थुक लगाएर फालेको भिडियो बाहिर आएको थियो ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments