Loading...
Logo
Image

नेपालमा पनि सडकमा पैसा फालियो, स्थानीय डराए

काठमाडौं, बैशाख ५ गते शुक्रबार । जनकपुरधाम उपमहानगरपालिका–५ महावीर चोकमा २ महिला पैसा फालेर भागेका छन् ।

स्थानीयका अनुसार उनीहरु १० र १ सय रुपैयाँको नोट चोकको विभिन्न ठाउँमा फालेर भागेका हुन् । ती महिलाले चोकमा रहेको पसलहरुको सटरमा समेत पैसा राखेको स्थानीयले बताएका छन् ।

जथाभावी विभिन्न ठाउँमा पैसा फालेर भाग्दै गर्दा स्थानीयले प्रहरीलाई खबर गरेपछि समयमै प्रहरीले महावीर चोकमा पुगेर पैसा फाल्नेको खोजी गरिरहेको जनाइएको छ ।

अन्दाजी ३५ देखि ४० वर्षीया २ महिला जथाभावी रुपमा पैसा फालेर भागेको स्थानीयले फोन गरेपछि उनीहरुको खोजी भइरहेको जानकी प्रहरी चौकीका इन्चार्ज राजाराम यादवले बताए ।

यस्तो काम कोरोना संक्रमित व्यक्तिले गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । पैसा छोएपछि कोरोना सर्नेे अशंकामा स्थानीय भयभित बनेका छन् ।

पैसा फाल्नेहरुको खोजी सीसी क्यामरा मार्फत् पनि भइरहेको प्रहरीले जनाएको छ ।

केही दिनअघि भारतमा पनि कोरोना संक्रमित व्यक्तिले पैसामा थुक लगाएर फालेको भिडियो बाहिर आएको थियो ।

स्रोत: Shilapatra.com बाट सभार

Comments

KATHMANDU WEATHER