नेपालमा एकैदिन १४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो ।
मेरो अनलाइन
काठमाडौं, बैशाख ५ गते शुक्रबार । नेपालमा एकैदिन थप १४ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण भेटिएको बताइएको छ ।
उदयपुरमा भेटिएका १२ जना भारतीय भएको बताइएको छ । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा लुकेर बसेका १२ जना भारतीय र ४ जना नेपालीहरुको कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परिक्षण गर्दा १२ भारतीयमा कोरोना संक्रमण पोजिटिभ रहेको देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार पुष्टि भएका मध्ये उदयपुर जिल्लाका १२ जना पुरुष; ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवन जिल्लाको २ जना पुरुष, २७ र ६३ बर्षिय रहेका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।


Comments