# Recent News
- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ५ गते शुक्रबार । ईमेज टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै कुटपिट भएको छ। शुक्रबार दिउँसो कामकै विषयमा विवाद हुँदा राजभण्डारीमाथि अर्का प्रस्तोता सुसन रामदामले कुटपिट गरेका हुन्।
ईमेज टेलिभिजनका प्रमुख कार्यकारी लक्ष्मण हुमागाईका अनुसार कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि सुसनलाई प्रहरी बोलाएर आवश्यक कारबाहीका लागि पठाएको हुमागाईले बताए।
घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
काम गर्न लगाएको विषयलाई लिएर आफूमाथी कुर्सी प्रहार भएको गृष्माले प्रहरीलाई बताएकी छन्। थप अनुसन्धानका लागि ईमेज टेलिभिजनमा प्रहरी टोली पठाइएको महाराजगन्ज प्रहरी वृत्तले जनाएको छ।
स्रोत: nepalkhabar.com बाट साभार
Featured News
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments