- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
धुलिखेल, बैशाख ६ गते शनिबार । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण जनाताले भोकै बस्नुपर्ने अवस्थाको अन्त्य गर्न र उनिहरुको उचित ब्यबस्थापन गर्न निर्देशन दिएसंगै स्थानीय सरकारले बाटोमा अलपत्र परेकाहरुको उद्धार गर्न सुरु गरेका छन ।
काभ्रेको पनौती नगरपालिकाले भने यसअघि नै काठमाडौंबाट काभ्रे हुँदै बिभिन्न ठाउँमा हिंडेका पैदाल यात्रीहरुलाई खाना खुवाएर गाडीमा गन्तब्यसम्म पुर्याइदिने ब्यबस्था गरिरहेको छ ।
बिशेषगरी ललितपुरको महालक्ष्मी नगरपालिकाबाट काभ्रेको कुशादेवी हुँदै घर जान बिभिन्न ठाउँमा हिंडेका पैदाल यात्रीहरुलाई खाना खुवाएर गाडीमा गन्तब्यसम्म पुर्याइदिने ब्यबस्था नगरपालिकाले गरेको हो ।
यसभन्दा अघी ७ वटा गाडीमा पैदल यात्रीहरुलाई सिन्धुलीसम्म पुर्याइसकेको र आज मात्र ४५ जना लिएर सिन्धुलीसम्मको लागि गाडी हिडिसकेको पनौती नगरपालिकाका उप मेयर गीता बन्जराले बताउनुभयो । काठमाडौंबाट आएका ति सबैलाई पनौती-३ डिहिका स्थानीयहरुले खाना खुवाएर राखेको र बिहानै गाडीको ब्यबस्था गरेर उनीहरुलाई सिन्धुलीसम्म पुर्याउन गाडी हिडिसकेको उहाँले बताउनुभयो । सिन्धुली पुगेपछी त्यहाँको स्थानीय तहसँग समन्वय गरेर उनीहरुको गन्तब्यमा पुर्याइदिने गरेको पनि उहाँले बताउनुभयो ।
यसअघि पनौती नगरपालिकाले पैदलयात्रीलाई पुर्याउन कंचनपुरसम्म गाडी पठाएको पनि बन्जराले जानकारी दिनुभयो ।

-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments