Loading...
Logo
Image

निको भएर घर फर्किइन् दोस्रो कोरोना संक्रमित

 मेरो अनलाइन 

काठमाडौं, बैशाख ६ गते शनिबार । नेपालको दोस्रो कोरोना संक्रमित निको भएर आज टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट  डिस्चार्ज भएर घर फर्किएकी छिन् । चैत १० गते कोरोना पुष्टि भएपछी उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा वार्डमा राखिएको थियो । 
१९ बर्षिया ति युबतीले आफू पूर्ण रुपमा निको भएर फर्किएको सञ्चार माध्यमलाई बताएकी छिन् । ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन्। उनी स्वास्थ्य जाँचका लागि आँफै टेकु अस्पताल पुगेकी थिइन् । त्यहाँ जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएसंगै उनलाई अस्पाताल भर्ना गरिएको थियो । 

लगातार चार पटकसम्म गरीएको परीक्षणमा नेगेटिभ आए पछि डिस्चार्ज गरिएको टेकुस्थित सहिद शुक्रराज सरुवा रोग अस्पतालले जनाएको छ । 

शुक्रबार मात्र थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा अहिलेसम्म ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।

Comments

KATHMANDU WEATHER