- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ६ गते शनिबार । नेपाल प्रहरीको सामाखुसीस्थित महालक्ष्मी पेट्रोल पम्पमा पानी मिसिएको पेट्रोल भेटिएको छ ।
पेट्रोलमा पानी मिसिएर आएको पाइए पछि छानबिन सुरु गरिएको नेपाल आयल निगमले जनाएको छ । पेट्रोल वितरण गर्ने बेला पानी मिसिएको पाइए पछि अनुसन्धान थालिएको नेपाल आयल निगम थानकोट वितरण डिपो प्रमुख इन्जिनियर प्रदीपकुमार यादवले जानकारी दिए ।
उनकाअनुसार पम्पमा शुक्रबार साँझ ८ हजार लिटर पेट्रोल हालिएको थियो । निगमको प्राविधिकसहितको टोलीले अहिले ४८ हजार लिटर क्षमताको पम्पको जाँच गरिरहेको उनले बताए । ग्राहकलाई पेट्रोलियम वितरण गर्नुपूर्व पम्पका कर्मचारीले जर्किनमा भरेको पेट्रोलमा पानी पाइएको थियो ।
पम्पमा पानी मिसिएको पेट्रोल पाइएकोबारे जानकारीमा आएको र निगमले छानबिन गरिहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले अनलाइनखबरलाई बताए ।
‘एउटै ट्याकंरबाट तीन पम्पमा पेट्रोल वितरण गरिएको थियो तर अन्त समस्या छैन प्रहरीकोमा कसरी कैफियत देखियो, हामी छानबिन गर्दै छौँ, उनले भने ।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments