Loading...
Logo
Image

बागलुङकी संक्रमित महिला पनि निको भएर घर फर्किने तयारीमा

मेरो अनलाइन


काठमाडौं, बैशाख ६ गते शनिबार । बागलुङकी ६५ वर्षीया वृद्धाको चौँथोपटक गरिएको ‘थ्रोट स्वाव’ परीक्षणको नतिजा नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत नेपालको छैटौं कोरोना भाइरस संक्रमित वृद्धाको चौँथोपटक गरिएको ‘थ्रोट स्वाव’ परीक्षणको नतिजा नेगेटिभ आएको हो ।


बिहीबार गरिएको तेस्रो रिपोर्ट र शनिबार गरिएको चौथो रिपोर्टमा कोरोना नभएको भेटिएपछि उनी कोरोना मुक्त भएको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र पाेखरेलले जानकारी दिए । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको जानकारी गराइएको छ । 
बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा गत चैत २० गते कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । 

 

Comments

KATHMANDU WEATHER