Loading...
Logo
Image

१४ वर्षीय बालकमा कोरोना संक्रमण देखियो

काठमाडौं, बैशाख ६ गते शनिबार । सर्लाही धनकौलका १४ वर्षीय बालकको –यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएपछी स्वाब पीसीआर विधिबाट परीक्षण गर्न काठमाडौं पठाइएको छ ।
दिल्लीबाट आएका १४ वर्षीय बालकको शुक्रवार बेलुका आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएपछी धनकौल क्वारेन्टाईनमा राखिएका उनलाई प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनमा भर्ना गरिएको छ । 
बालकसँगै क्वारेन्टाईनमा राखिएका अर्का एक पुरुषलाई पनि जनकपुर पठाइएको छ । आरडीटी परीक्षणमा ती पुरुषको भने नेगेटिभ रिपोर्ट आएको थियो । आरडीटी परीक्षणमा पोजेटिभ रिपोर्ट आएको बालकको स्वाब परीक्षणका लागि जनकपुरबाट शनिबार काठमाडौं पठाइएको छ । 

Comments

KATHMANDU WEATHER