- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
काठमाडौं, बैशाख ६ गते शनिबार । लामो समय निर्माण गौशाला-चाबहिल-चुच्चेपाटी सडक मर्मतको काम अघि बढ्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकृति दिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्वीकृति दिएसँगै सडक मर्मतको काम अघि बढ्ने भएको हो ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार आईतवारबाट काम सुरु गर्न लागिएको छ । । १५ दिनमै पुरै सडक तयार पार्ने लक्ष्य लिएको छ। शर्माका अनुसार बैशाखभित्रै यो सडक तयार हुनेछ।

भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङले गौशाला-चाबहिलसहित सडक र पुल आयोजनाहरु बनाउन कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय बैठकमा प्रस्ताव लगेका थिए।
उच्चस्तरीय समितिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर काम अघि बढाउन अनुमती दिएको थियो । वर्षौदेखि अलपत्र जस्तै बनेको गौशला-चाबहिल सडक लकडाउनमा बन्ने भएको हो। डिभिजन सडक कार्यालय काठमाडौंले उक्त सडक निर्माणका लागि यसअघि नै ठेक्का लगाइसकेको छ।

यो सडकमा काम गर्नका लागि सबैभन्दा ठूलो समस्या खानेपानी आपूर्तिको पाइप नै हो। सडकको बीचमा रहेको पाइप अत्यन्त पुरानो भएका कारण विभिन्न ठाउँमा लिकेज भएको छ। यही कारण सडकलाई ओभर-ले गर्न सकिएको थिएन।
आयोजनाका अनुसार गौशलादेखि चाबहिल हुँदै चुच्चेपाटीसम्मको पीचलाई उप्काएर त्यसमाथि कालोपत्रे गर्न लागिएको हो। चाबहिलबाट गोपीकृष्ण हलचोकसम्म हालको सडकमाथि एक तहको पीच थपेर ओभर ले गर्न लागिएको हो।
-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments