Loading...
Logo
Image

बाटोमा पैसा फालेर भागेका मध्ये एक महिलाकाे आरडीटी रिपोर्ट पोजेटिभ


काठमाडौं, बैशाख ६ गते शनिबार । जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेका २ महिलामध्ये एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे । 

प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परीक्षणमा आरडीटी रिपोर्टमा काेराेना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । उनीहरूको अहिले पीसीआर टेस्ट भइरहेको छ। 

पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका-७ निवासी मुस्लिम महिला आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनीहरू नाताले भाउजू र नन्द हुन ।

स्रोत: Shilapatra.com

Comments

KATHMANDU WEATHER