Loading...
Logo
Image

बाग्लुङकी ६५ वर्षीया वृद्धाको आत्मविश्वासको अगाडि कोरोना हार्यो

 मेरो अनलाइन

काठमाडौं, बैशाख ७ गते आईतबार । कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङका ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरस मुक्त भएर घर फर्किएकी छन् । उनको तेस्रो र चौथो पटकको थ्रोट स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएपछी धौलागिरि अञ्चल अस्पताल बागलुङले शनिबार उनलाई डिस्चार्ज गरेको हो । 


डिस्चार्जपछि पौडेलले आफूले जसरीपनि कोरोना भाइरसलाई जित्ने अठोट गरेकोले भाइरसलाई जित्न सफल भएको बताएकी छन् । उनले भनिन, ‘म यसलाई जितेरै छोड्छु, सञ्चो भएर छोड्छु भन्ने अठोट गरेँ, सबैभन्दा ठूलो हिम्मत र सकारात्मक सोच रहेछ ।’
अस्पतालको आइसुलेसनमा बसेर उपचार गर्दा पर्याप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताइन। १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी पौडेलले कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको भन्दै संक्रमण लाग्नै नदिन सबै उपाय अपनाउन र लागीहालेपनि नआत्तिन सबैलाई आग्रह गरिन। उनले भनिन्, ‘उपचारपछि सन्चो भएर घर आएकी छु । आज पनि क्वारेन्टाइनमा बसेकी छु । घरपरिवार टाढैबाट देख्दा पनि खुसी लागेको छ । सानो नातिलाई पनि देख्न पाएँ ।’
बागलुङ नगरपालिका–३ की उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्न भनिएको छ । 
घर फर्किने क्रममा उनले आफ्नो उपचारमा खटिने सबैलाई धन्यवाद समेत दिएकी छिन् ।

Comments

KATHMANDU WEATHER