Loading...
Logo
Image

मनकामनाका पूजारी बन्दुक बोकेर हिंडेपछी प्रहरीले समात्यो

 मेरो अनलाइन 

काठमाडौं, बैशाख ७ गते आईतबार । लकडाउनको समयमा शुक्रबार मनकामना मन्दिरका पुजारी इन्सान थापा मगर बन्दुक बोकेर शिकार खेल्न हिंडेपछी बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।
लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकोर हिँडेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शुक्रबार राति नौ बजे साथमा बन्दुक बोकेर हिडेको अवस्थामा ‘पोइन्ट टुटु’ बन्दुक सहित प्रहरीले उनलाई भेटेको थियो ।
व्यक्तिगत प्रयोजनका लागि भन्दै पुजारी थापाले तीन वटा बन्दुक राख्ने इजाजत जिल्ला प्रशासन कार्यालयबाट लिएको तर उनले दुरुपयोग गरेको बुझिएको छ । यस अघी पनि उनले उक्त बन्दुक शिकार खेल्न प्रयोग गरेको स्थानियले बताएका छन । शुक्रवार राति पनि शिकार खेल्न बन्दुक बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछी नियन्त्रणमा लिइएको हो । लाइसेन्स भएपनि लकडाउनको समयमा बन्दुक बोकेको र स्थानियले बन्दुक शिकार खेल्न प्रयोग गरेको बताएपछि नियन्त्रणमा लिइएको एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए । पूजारीले भने शिकार खेल्न नभइ मन्दिरकै काममा हिंडेको बताएको एसपी अधिकारीले जानकारी दिए । उनका अनुसार बन्दुक नियन्त्रणमा लिएर पुजारीलाइ तारेखमा छोडिएको छ ।     

 

Comments

KATHMANDU WEATHER