- ब्लु लोटस हेल्थ होम केयरको पाँचौं बार्षिकोत्सव सम्पन्न
- आइएमई पे र खल्ती वालेट मर्ज भएर ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु
- क्लासिकटेक १६ औ वर्षामा प्रवेश, जतिमा चाहियो तेतिमा पाइयो अफर सार्वजनिक
- सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकललाई समृद्ध बनाउनुपर्छ : प्रधानमन्त्री
- देशमा प्रमाणित किसान सात लाख ६० हजार
मेरो अनलाइन
काठमाडौं, बैशाख ७ गते आईतबार । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले लकडाउन अवधिमा अशक्त तथा वृद्ध ग्राहक बाहेकलाई शुल्न नतिरेसम्म निरन्तर इन्टरनेट सेवा दिन नसकिने बताएको छ ।
नेपाल दुरसन्चार प्राधिकरणले लकडाउन अवधिभर सेवा शुल्क नतिरेपनी ग्राहकको लाइन नकात्न भनेपछी ईन्टरनेट सेवा प्रदायक संघले उसलाई पत्र लेख्दै अशक्त तथा वृद्ध ग्राहक बाहेकलाई शुल्क नतिरी सेवा दिन नसकिने बताएको हो ।
पत्रमा सरकारको निर्देशनको पूर्ण पालना गर्न समस्या भएको भन्दै संघले सेवा सुचारु राख्ने वातावरण बनाउन शुल्क उठाउनैपर्ने अवस्था रहेको प्रष्ट्याएको छ ।
संघका अध्यक्ष भोजराज भट्टद्वारा हस्ताक्षर गरिएको पत्रमा आफूहरुले इन्टरनेटको ब्यान्डविथ खरिद गरेर ल्याउने भारतीय कम्पनीलाई पनि नियमित शुल्क तिर्नुपरिरहेकाले शुल्क नउठाई सेवा सुचारु राख्न नसकिने बताइएको छ ।
अहिले कामदारलाई दोब्बर तेब्बर पारिश्रमिक दिएर काममा खटाउनुपरेको र इन्टरनेटको माग पनि बढीरहेको उल्लेख गर्दै संघले भनेको छ, ’यस्तो बेलामा ग्राहकसँग शुल्क उठाउन सकेनौं भने व्यवसाय नै चल्दैन, अन्ततः त्यसले फेरि अर्को समस्या जन्माउँछ ।’
अशक्त तथा घरमा सहयोगी नभएका वृद्ध ग्राहकलाई मात्रै त्यस्तो सुविधा दिन सकिने संघले प्रष्ट पारेको छ ।

-
6 months agoदेशमा प्रमाणित किसान सात लाख ६० हजार
-
6 months agoपर्साको तिलाबे नदीमा जडान भएन बेलिब्रिज
-

Comments